
काठमाडौं । विशेष सरकारी वकिल कार्यालयले व्यवसायी दीपक भट्टसहित ३९ जनाविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानका आधारमा कार्यालयले ३५ प्राकृतिक व्यक्ति र ४ कम्पनीलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो।
‘३५ जना व्यक्ति र ४ वटा संस्थाहरूलाई विपक्षी बनाएर बिहीबार विशेष अदालतमा अभियोग पत्र दर्ता गरेका छौं, विशेष सरकारी वकिल कार्यालयका प्रवक्ता पूर्णेन्द्र पाण्डेयले क्लिकमान्डुसँग भने । यस मुद्दामा कुल बिगो रकम २२ अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।
हाल विशेष अदालतमा फाइलहरू रुजु गर्ने र दर्ता नम्बर दिने प्रक्रिया भइरहेको छ ।









प्रतिक्रिया