जब १५ वर्षीय किशोरले प्रेमिकालाई स्कुलबाट ल्याउन बस नै चोरे…

1k
Shares

एजेन्सी । प्रेमिकालाई स्कुल लैजान किशोरले बस चोरेको घटना सार्वजनिक भएको छ ।

जर्मनीको भिसबाडेन मा १५ वर्षीय एक किशोरले बस डिपोमा चुपचाप छिरेर एउटा बसको ‘मास्टर कि’ हात पार्दै बिहानै बस लिएर हिँडेको घटना बाहिर आएको हो । उक्त घटना ‘सिसिटिभी क्यामेरा’मा कैद भए पनि डिपोका ‘स्टाफ’ले सुरुमा बस आफ्नै कुनै ‘ड्राइभर’ले लगेको होला भनेर अनुमान गरेका थिए ।

बिहान करिब ६ बजे बस हराए पनि ‘पुलिस’लाई भने दिउँसो मात्रै खबर गरिएको थियो । सुरुमा ‘कम्पनी’ले कुनै ‘ड्राइभर’ले गल्तीले गलत बस लगेको होला भन्ने सोचेको थियो । तर सबै ‘स्टाफ’सँग सोधपुछ गरेपछि मात्र बस चोरी भएको पुष्टि भयो।

बसमा जडान गरिएको ‘जिपिएस पोजिसनिङ डिभाइस’को मद्दतले ‘पुलिस’ले बसलाई कार्ल्सरुहेमा पत्ता लगाए, जुन भिसबाडेन बाट करिब १३० किलोमिटर टाढा पर्छ । कार्ल्सरुहेमा ‘पेट्रोल कार’ले बस रोकेपछि चालक सिटमा किशोर भेटिँदा ‘अफिसर’हरू नै अचम्मित भए।

किशोरले आफ्नी १४ वर्षीया प्रेमिकालाई स्कुल लिन पुगेको र फर्किँदै गरेको बताइएको छ । ‘उसले कसरी ‘साँचो’ पायो र यति राम्रोसँग बस कसरी चलायो भन्ने अझै स्पष्ट छैन,’ एक ‘पुलिस स्पोक्सवुमन’ले बताइन् ।

यो अनौठो घटनामा अनुसन्धान जारी रहेको छ । किशोरले चोरी र लाइसन्स बिना सवारी चलाएको लगायतका आरोप सामना गर्नुपर्नेछ । यद्यपि, राहतको कुरा के छ भने घटनामा कुनै मानवीय क्षति भएन र बस पनि बिना कुनै ‘स्क्र्याच’ सुरक्षित रूपमा मालिकलाई फिर्ता गरिएको छ ।