कुलमानले बुझाए सम्पत्ति विवरण, सार्वजनिक भने भएन

525
Shares

काठमाडौं । अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले आफ्नो सम्पत्ति विवरण बुझाएका छन् । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रिहरुले सम्पत्ति विवरण बुझाएको सूचीमा कुलमानसहित तीन मन्त्रीबाट प्राप्त नभएको उल्लेख भएको थियो । कुलमानले सम्पत्ति विवरण नबुझाएको भन्दै आलोचना भएपछि उनले शुक्रबार नै विवरण बुझाएका छन् ।

अब सम्पत्ति विवरण नबुझाउने मन्त्रीको सूचीमा सञ्चारमन्त्री जगदीश खरेल र स्वास्थ्य मन्त्री सुधा गौतम छन् ।

मन्त्रीहरुले सम्पत्ति विवरण बुझाएको पनि सार्वजनिक भने भएको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दुई जना मन्त्री खरेल र गौतमबाहेक अरुको सम्पत्ति विवरण प्राप्त भएको उल्लेख गरेको छ ।