
काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई भारतीय समकक्षी डा एस जयशंकरले बधाई दिएका छन् ।
आफ्नो आधिकारिक सामाजिक सञ्जालबाट पोस्ट गर्दै जयशंकरले खनाललाई नेपालको परराष्ट्र मन्त्रालय सम्हालेकोमा बधाई दिए ।
दुई देशबीचको परम्परागत साझेदारीलाई थप सुदृढ बनाउनका लागि खनालसँग मिलेर काम गर्न इच्छुक रहेको जयशंकरले लेखेका छन् ।








प्रतिक्रिया