जेनजी आन्दोलन छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

847
Shares

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगले नेपाल सरकारलाई पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न अध्ययन समिति बनाउने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

शुक्रबार बालेन्द्र शाहको नेतृत्वमा गठन भएको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

कार्की आयोगको प्रतिवेदनमा सुरक्षाकर्मीको हकमा अध्ययन समिति बनाउने निर्णय गरेको हो । तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायत अरुको हकमा तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

सुरक्षा निकायहरुको हकमा भने छानबिन समिति बनाउने निर्णय भउको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी गराए।