पाकिस्तान-अफगानिस्तान सीमासंघर्ष : चीनलाई तनाव, अमेरिकालाई रणनीतिक अवसर (भिडियो)

0
Shares

काठमाडौं । पाकिस्तान र अफगानिस्तानबीच लामो समयदेखि चलिरहेको तनाव यसै साता सीमायुद्धमा परिणत भएको छ । यी दुई देशबीच रहेको डुरान्ड लाइन भनिने विवादित सीमामा सानातिना झडप हुँदै आएको भए पनि गत ११ र १२ अक्टोबरमा भीषण आक्रमण र प्रत्याक्रमण भएका छन् ।

आधिकारिक तथ्यांक सार्वजनिक नगरिएको भए पनि अफगान तालिबानले ५८ जना पाकिस्तानी सैनिक मारिएको दाबी गरेको छ । पाकिस्तानले चाहिँ २०० जना तालिबान लडाकुहरू मारिएको जनाएको छ ।

यस सीमायुद्धले इस्लामाबाद र काबुलको कूटनीतिक सम्बन्ध चिस्याउनुका साथै क्षेत्रीय तनाव चर्काउने सम्भावना बढाएको छ । तत्कालका लागि युद्ध रोकिएपनि भविष्यमा यो फेरि नचर्किएला भन्न सकिन्न ।