भोलि पनि निषेधाज्ञा र कर्फ्यु

7
Shares

काठमाडौं । नेपाली सेनाले काठमाडौं, भक्तपुर र ललितपुरमा भोलि पनि दिनभर निषेधाज्ञा र राति कर्फ्यु लाग्ने जनाएको छ ।

सेनाको मुख्यालय जंग्गीअड्डाले जारी गरेको विज्ञप्तिमा भोलि (भदौ २७) गते बिहान ११ बजेबाट बेलुकी ५ बजेसम्म निषेधाज्ञा लाग्ने उल्लेख गरिएको छ । त्यस्तै, साँझ ७ बजेबाट रातभर कर्फ्यू आदेश जारी गरिएको सूचनामा जनाएको छ ।

बिहान ६ देखि ११ बजे र साँझ ५ देखि ७ बजेसम्मको समयमा भने अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने छ ।