
काठमाडौं । पूर्वप्रधान न्यायाधीश सुशीला कार्की र दुर्गा प्रसाईं नेपाली सेनाको मुख्यालय प्रवेश गरेका छन् ।
उनीहरू सैनिक सुरक्षासहित सैनिक हेडक्वार्टर प्रवेश गरेका हुन् । अरुलाई भने भित्र पस्न दिइएको छैन ।
जेनजीले गरेको प्रदर्शन हिँसात्मक बन्दा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ध्वस्त बनेको छ । राष्ट्रपति, प्रधानमन्त्री लगायत दलका शीर्ष नेताहरुलाई सेनाको सुरक्षा घेरामा राखिएको छ भने सेनाले अहिले देशको कमाण्ड हातमा लिएको छ ।
जेनजीहरुले कार्कीलाई अन्तरिम सरकारको नेतृत्वमा सिफारिस गरेपछि सेनाले छलफलका लागि उनलाई हेडक्वार्टर लगेको हो।








प्रतिक्रिया