सर्वोच्च अदालत जलेपछि मुद्दाको पेशी अनिश्चितकालका लागि स्थगित

0
Shares

काठमाडौं । सर्वोच्च अदालतले मुद्दाको पेसी अनिश्चितकालका लागि स्थगित गरेको छ ।

बुधबार अदालतका मुख्य रजिस्टारले एक सूचना जारी गर्दै बुधबारको पेशी स्थगित गरीएको र बिहीबारदेखिको सम्पूर्ण पेशी अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको उल्लेख गरेका छन् ।

‘२४ भदौमा भएको आगजनीक कारण सर्वोच्च अदालत पूर्ण रुपमा जली अदालतमा रहेका मुद्धाका मिसिल, सर्भर, इजलास समेट जलेर नष्ट भएकोले आजको पेशी स्थगिच गरीएको छ,’ सूचनामा भनिएको छ, ‘भोलि देखिको सम्पूर्ण पेशीमा रहेको मुद्दाको सुनुवाई अर्को सूचना नभएसम्मका लागि स्थगित गरीएको छ ।’