
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् ।
घाइतेलाई थप उपचारका लागि विर्तामोडस्थित बिएण्डसी अस्पताल रिफर गरिएको छ । आन्दोलनकारीले दमक नगरपालिकाको कार्यालय कब्जामा लिन खोजेपछि प्रहरीले गोली चलाएको थियो ।
देब्रे खुट्टामा गोली लागेर अस्पताल ल्याइएका २६ वर्षीय युवकको अवस्था गम्भीर भएपछि बिएण्डसी अस्पताल रिफर गरिएको हो ।
जेनजीले आज देशका विभिन्न भागमा प्रदर्शन गरिरहेका छन् ।








प्रतिक्रिया