जेनजीको प्रदर्शन: १३ जनाको मृत्यु

315
Shares

काठमाडौं । जेनजीहरूको प्रदर्शनमा पौने ४ बजेसम्म १३ जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा गरि १३ जनाको मृत्यु भएको हो ।

ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको हो ।

प्रदर्शनका क्रममा दर्जनौं घाइते भएका छन् । बानेश्वर क्षेत्रका अस्पताल घाइतेले भरिभराउ छन् ।

देशका अन्य भागमा समेत घाइतेको संख्या उल्लेख्य रहेको जनाइएको छ ।