
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले र चाँदी ४० रुपैयाँले महँगिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९७ हजार ५०० रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला दुई हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार भने सुन प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा र चाँदी दुई हजार ३१० रुपैयाँमा खरिदबिक्री भएको थियो।








प्रतिक्रिया