रविको निवेदनमाथिको बहस सकियो, के थुनामुक्त होलान्?

1.3k
Shares

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनामुक्ति माग सम्बन्धी निवेदनमाथिको बहस सकिएको छ ।

सोमबारको पेसी न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासमा परेको थियो।

सरकारी पक्षबाट उच्च सरकारी कार्यालयका सहन्यायाधीवक्ता सोमाकान्त भण्डारी, जिल्ला न्यायाधीवक्ता प्रेम पौडेल, सहायक जिल्ला न्यायाधीवक्ता हिरालाल भोलन र दामोदर गौतमले बहस गरे । लामिछाने पक्षबाट भने नारायणदत्त पौडेल, पशुपति भण्डारी र महेन्द्र पाण्डेले बहस प्रस्तुत गरेका थिए।

लामिछानेले आफ्ना नाममा परेको ठगी रकम बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै साउन १९ गते जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका थिए । सो दिनै उनले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत दाखिला गरेका थिए।

गत चैत २२ गते बुटवलस्थित उच्च अदालत तुलसीपुर इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो, जसलाई सर्वोच्च अदालतले पनि सदर गरेको छ । चैत २२ गते काठमाडौंबाट पक्राउ परेका उनी त्यसयता जिल्ला कारागार भैरहवामा छन्।