
काठमाडौं । नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानका जहाजलाई दिने यात्रु तथा कार्गो सेवा अर्थात ग्राउण्ड ह्याण्डलिङ फुत्कने चिन्ता बढ्दै गएको छ । निगमले स्थापनाकालदेखि नै पाएको यो सेवा पछिल्लो समय प्रतिस्पर्धात्मक बनाउने विषयमाथिको बहस र नीतिगत तयारी नै चुलिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि पटक पटक निगमको एकाधिकार तोड्नुपर्ने र प्रतिस्पर्धाबाट दिनुपर्ने व्यवस्था गर्न चाहेको छ । पछिल्लो समय सरकारले सार्वजनिक गरेको हवाई नीतिको मस्यौदामा नै निगमले पाइरहेको ग्राउण्ड ह्याण्डलिङमा प्रतिस्पर्धा गराउने व्यवस्था राखेको छ । यो व्यवस्थाबाट निगमन आत्तिएको छ ।
वायुसेवा निगमको आम्दानीको विकल्प बनेको र कर्मचारी पाल्न सजिला माध्यम बनेको ग्राउण्ड ह्याडलिङ सेवा खोसिने चिन्ता निगमलाई बढिरहेको छ ।
सोही चिन्ताकै कारण मंगललबाट निगमको ६७ औं वार्षिकोत्सव समारोहमा वायुसेवा निगमका कार्याकारी अध्यक्ष युवराज अधिकारीले कम्तिमा १५ वर्ष निगमलाई नै ग्राउण्ड ह्याण्डलिङ सेवा दिन आग्रह गरे । उनले निगमलाई सक्षम र बलियो बनाउन पनि यो सेवामा प्रतिस्पर्धा गराउने वा निगमबाट खोस्न नहुने मनसाय प्रकट गरे ।








प्रतिक्रिया