सिटिजन्स बैंकद्वारा हिमालय आँखा अस्पताल पोखरालाई सहयोग प्रदान

70
Shares

काठमाडौं । सिटिजन्स बैंकले पोखराको घारीपाटनमा रहेको हिमालय आँखा अस्पताललाई १० वेटिङ्ग चेयर (कुर्सी) सहयोग गरेको छ ।

अस्पतालमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले उक्त कुुर्सी हस्तान्तरण गरे ।
प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको सहयोगले अस्पतालमा आउने बिरामीहरू साथै आगन्तुकहरूको बसाइलाई सहज र आरामदायक बनाउने विश्वास व्यक्त गरे ।

स्वास्थ्य क्षेत्रको लागि सानै भएपनि सहयोग प्रदान गर्न पाँउदा आफू हर्षित भएको बताए । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।

बैंकले ६१ जिल्लामा रहेका आफ्ना २०० वटा शाखा, १६८ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।