केबलकार विवाद: ताप्लेजुङमा निषेधाज्ञा

126
Shares

काठमाडौं । पाथीभरा केबलकार विवादले उग्र रूप लिँदै गएपछि ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिबार मध्यरातमा सूचना जारी गर्दै निषेधाज्ञा लागू गरेका हुन् ।

प्रशासनको सूचनाअनुसार ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजार क्षेत्र र पाथीभराको काफ्लेपाटी तथा बलुडाँडा क्षेत्रमा निषेधाज्ञा लागू हुनेछ ।

शनिबार साँझ केबलकार समर्थक र विरोधी पक्षबीच भएको झडपमा दर्जनौँ स्थानीय घाइते भएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । आइतबार बिहान ५ बजेदेखि लागू भएको निषेधाज्ञा अर्को सूचना नआएसम्म कायम रहनेछ ।

प्रतिकूल परिस्थिति सिर्जना भएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३)(क) बमोजिम निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।