फुङलिङमा सर्वसाधारणको घरमा आगो प्रहार, प्रदर्शनकारीको लाठी र ढुंगाले ७ प्रहरी घाइते

2.2k
Shares

ताप्लेजुङ । सदरमुकाम फुङलिङमा पाथीभरा केबलकार विरोधी प्रदर्शनकारीले सर्वसाधारणको घरमा आगो प्रहार गरेका छन् ।

शनिबार साँझ वीरेन्द्रचोकमा कोणसभा गर्ने तयारी गरेका प्रदर्शनकारीले आगोको राँको लिएर प्रदर्शनमा उत्रिएका थिए । सो क्रममा उनीहरुले सर्वसाधारणको घरघरमा आगोको मुस्लो प्रहार गरेका छन् भने सडकामा राखिएका मोटसाइकल लगायत भौतिक सम्पत्ति तोडफोड पनि गरेका छन् ।

केबलकारको बिरोध गर्दै काफ्लेपाटीमा फर्किएको टोलीले जिल्लाको सदरमुकामलाई तनाबग्रस्त बनाएको हो ।

जिल्लाभन्दा बाहिरबाट गएका प्रदर्शनकारीले बिहीबारदेखि जिल्लामा प्रदर्शन गरिरहेका छन् । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो ताप्लेजुङ पुग्दा मधेशलगायत विभिन्न जिल्लाबाट प्रदर्शनकारी ताप्लेजुङ पुर्याइएको थियो ।

पाथीभरा क्षेत्रमा हिउँ परेर माथिल्लो फेदी र काफ्लेपाटीमा चिसो बढ्े पछि उनीहरु सदरमुकाम झरेका हुन् ।

शनिबार स्थिति सामान्य बनाउन खोज्दा प्रदर्शनकारीले प्रहरीमाथि पनि लाठी तथा ढुंगा प्रहार गरेका छन् । हालसम्म ७ जना प्रहरी घाइते भएको विवरण आएको ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले बताइन् ।