१ लाख ९५ हजार कित्ता एफपीओ निष्कासन गर्दै स्वरोजगार लघुवित्त

196
Shares

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक (एफपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँको १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले निष्कासन गरेको एफपीओमा फागुन १८ देखि २१ गतेसम्म आवेदन दिन सकिनेछ । यो अवधिमा माग अनुसार आवेदन नपरेमा चैत ३ गतेसम्म आवेदन दिन सकिने छ । यसमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत दिन सकिने छ ।

यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो ।