नबिल बैंकले ६ महिनामा कमायो सवा ३ अर्ब नाफा


काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । यो भनेको गत आवको सोही अवधिको तुलनामा १.२८ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब २० करोड ३० लाख रुपैयाँ थियो ।

यो अवधिमा बैंकको ब्याज आम्दानी ४.२१ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ रहेको छ । बैंकको खुद फि तथा कमिशन आम्दानी १.८२ प्रतिशतले बढेर १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ रहेको छ ।

२७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ८९ करोड १७ लाख रुपैयाँ छ ।

बैंकको प्रति सेयर आम्दानी २३ रुपैयाँ ७४ पैसाबाट बढेर २४ रुपैयाँ ५ पैसा छ ।

बैंकले नोक्सानी व्यवस्थाका लागि १ अर्ब ३५ करोड रूपैयाँ छुट्याएको छ जुन गत आवको सोही अवधिमा गरेको भन्दा ६२ करोड कम हो ।

नबिलको निष्क्रिय कर्जाको आकार कुल कर्जाको ४.९३ प्रतिशत छ ।

६ महिनाको अन्त्यसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ८९ करोड रूपैयाँ रहेको वित्तीय विवरणमा देखिन्छ ।

Skip This