एनआईसी एशिया बैंकको नाफा ९२ प्रतिशतले घट्यो, वितरणयोग्य नाफा साढे २ अर्ब बढी ऋणात्मक


काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १५ करोड ५२ लाख ४८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

बैंकले सोमबार प्रकाशन गरेको ६ महिनाको वित्तीय अवस्था अनुसार बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा ९२ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ९० करोड रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब १८ करोड ६९ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ५ अर्ब ५४ करोड १४ लाख रुपैयाँ रहेको थियो ।

बैंकको सञ्चालन नाफा ३४ करोड १९ लाख रुपैयाँ छ । जुन गत आवको सोही अवधिमा ३५ करोड ६१ लाख रुपैयाँ थियो ।

बैंकको वितरणयोग्य नाफा २ अर्ब ६५ करोड रुपैयाँ ऋणात्मक छ ।

१४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्तापूँजी रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ४१ करोड रुपैयाँ छ ।

बैंकको प्रति सेयर आम्दानी २.०४ रुपैयाँ, प्रति सेयर नेटवर्थ १९८.९२ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा १.४७ प्रतिशत छ ।

Skip This