इन्धनको मूल्य ६ रुपैयाँ घट्दा हवाई भाडा २६५ सम्मले घट्यो, सस्तो टिकट नपाउने हुँदा यात्रुले भने महशुसै गर्न नसक्ने



काठमाडौं । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य ६ रुपैयाँले कम गरेसँगै वायुसेवा कम्पनीले पनि इन्धन वापत लिने शुल्क घटाएका छन् । निगमले दुई दिन अगाडि मात्रै हवाई इन्धनको मूल्य १३२ रुपैयाँबाट प्रतिलिटर १२६ कायम गरेको छ ।

इन्धनको मूल्य घटेकोले सो अनुसार वायुसेवाको लागत पनि कम हुने भएकोले सबै हवाई उडानका गन्तव्यमा इन्धनको लागत अनुसारको मूल्य घटेको छ । यात्रुले इन्धनको लागतसमेत जोडेर टिकटमै एकमुष्ट पैसा तिर्नुपर्ने भएकोले इन्धनको शुल्क घट्टा हवाई भाडा नै घट्ने गर्छ ।

तर दशैंको सिजन परेको र बाढी पहिरोले स्थलमार्ग अरुवद्ध हुँदा हवाई यात्रुको चाप बढेसँगै सस्तो दरका टिकट नै नपाइने तथा यात्रुले टिकेटसमेत लिइसकेकाले घटेको मूल्य यात्रुले महशुस गर्न सक्ने भने देखिदैन । दशैंपछाडिको टिकटमा भने अहिलेको भन्दा २६५ रुपैयाासम्म सस्तो टिकट यात्रुले पाउने हुन्छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले घटेको इन्धनवापतको मूल्य बुधबारदेखि नै लागू गर्न सम्बन्धित वायुसेवा कम्पनीलाई परिपत्रसमेत गरेको छ ।

यस्तो परिपत्र अनुसार पर्वतीय उडानमा २०५, काठमाडौंबाट भद्रपुर १८०, विराटनगर १४५, जनकुिर ७५, भरपुर ६५,पोखरा ९५, भैरहवा १२० रुपैयाँले घटेको छ । काठमाडौंबाट हुने उडानलाई आधार बनाएर तय गरिएको यस्तो भाडादर धनगढी २६५, सुर्खेत २०५, सिमरामा ५० रुपैयाँले इन्धनवापतको लागत कम भएको उल्लेख छ ।

काठमाडौंबाट उडान हुने सहरी क्षेत्रका विमानस्थलकाे हवाइ इन्धनवापतकाे शुल्क सूची


क्लिकमान्डु