आन्तरिक वायुसेवाको दुई सातालाई अकुपेन्सी फुल, दशैंलाई हवाई टिकट छैन




काठमाडौं । आन्तरिक वायुसेवाको दुई सातासम्मलाई अकुपेन्सी फुल भएको छ । काठमाडौबाट बाहिर जाने प्रमुख सहरी गन्तव्य र ती गन्तव्यबाट काठमाडौं आउने यात्रुको चापका कारण जहाजको अकुपेन्सी फुल भएको सम्बन्धित वायुसेवा कम्पनीले बताएका छन् ।

गत शुक्रबारदेखि आइतबारसम्म (११–१३ असोज)सम्मको वर्षा र बढाीपहिरोका कारण अधिकांश क्षेत्रको स्थलगत यातायात रोकिएको कारण शनिबार र आइतबारको दुई दिनमै अधिकांश वायुसेवाको टिकेट बिक्री भएको छ ।

स्थलमार्गबाट यात्रा गर्न नपाएका, आकस्मिक प्रयोजनले जहाज चढ्नैपर्ने र बाध्यतले हवाई टिकट लिने यात्रुका कारण यो वर्षको दशैंलाई सबैजसो गन्तव्यको टिकेट सकिएको सम्बन्धित वायुसेवा कम्पनीको भनाइ छ ।

नजिकिँदै गएको दशैंमा यात्रा गर्ने हवाई यात्रुले अग्रिम रुपमा टिकेट लिइसकेका, केहीले बुकिङ गरिसकेका र बाढीपहिरोले थपिएको बाध्यताको यात्रामा टिकट खोज्नेहरुका कारण गत आइतबार (१३ असोज)देखि नै हवाई टिकट सकिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

उनका अनुसार सबै गन्तव्यको टिकट पूरै बिक्री भएकोले अहिले त कसरी नियमिति उडान गर्ने, तोकिएकै उडानमा यात्रुलाई कसरी पठाउने र थप यात्रुलाईलाई सेवा कसरी दिने भन्ने चिन्ता वायुुसेवा कम्पनीलाई छ ।

पूरै टिकट बिक्री भइसकेकोले अबको दुई साता कुनै एउटा जहाज टेक्निकल भयो भने पनि यात्रु व्यवस्थापनमा थप समस्या पर्ने भएकोले पनि निकै सचेत भएर र एउटा जहाजलाई जतिबेला तयारी अवस्थामा राखेर अरु जहाज उडाउनुपर्ने अवस्थामा वायुसेवा कम्पनी छन् ।

बर्तौलाले भने ‘यात्रुको चाप बढेका कारण टिकट माग्ने अधिक छन् ।’ विगतका वर्षको तुलनमा यस पालि छिटो टिकेट सकिएकाले यो दशैंमा एयरलाइन्सका कर्मचारीले पनि टिकट नपाउने अवस्था आएको उनको भनाइ छ ।

काठमाडौंबाट बाहिर जानेको चापसँगै कम उडान हुनेदेखि बढी व्यस्त हुने विमानस्थलसम्मको टिकट शत् प्रतिशत नै बिक्री भएको बुद्ध एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णले बताए ।

उनले भने ‘आगामी असोज २८ गतेसम्मलाई अत्यावश्यक प्रयोजनका लागि समेत टिकेट छैन् ।’ आगामी २१ असोजमा काठमाडौंबाट विवाह गरेर झापाको भद्रपुरमा जान चाहेको एक जोडीलेसमेत टिकेट पाएन । उक्त जोडीले टिकेट मागेको तर थप उडान भयो भने पाइएला नत्र सकिन्न’ कर्णले भने ।

कर्णका अनुसार काठमाडौंबाट भद्रपुर, विराटनगर, धनगढी, सुर्खेत, तुम्लिङटार, भरतपुरसहितका गन्तव्यको निकै धेरै उडान चाप छ । यीमध्ये अधिकांश गन्तव्यमा दशैंको टिकाको दिनसम्मलाई दुईतर्फी नै अकुपेन्सी फुल छ ।

कुनै कुनै गन्तव्यमा भने कुनै यात्रुले रद्द गरेको अवस्थामा एक दुईवटा टिकट भेटिएलालान् अरुमा भने भेटिन्न । कतिपय गन्तव्यबाट काठमाडौं आउने भने अहिले पनि प्रशस्त टिकेट रहेको छ त्यो अवस्था आगमी दशैंपछि काठमाडौंबाट बाहिरिनेको हकमा आउने पनि उनको भनाइ छ ।


क्लिकमान्डु