सस्तोमा विद्युत उपलब्ध गराउन सरकारसँग महासंघ अध्यक्ष ढकालको माग



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सस्तोमा विद्युत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

नेपाल उद्योग व्यवसायी महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युतलाई कच्चा पदार्थको रुपमा सस्तोमा उपलब्ध गराउन सरकारसँग माग गरे ।

उनले साना तथा मझौला उद्योग सञ्चालनका लागि सहयोग आवश्यक रहेकाले त्यसमा पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताए।

अध्यक्ष ढकालले स्टार्ट अप परियोजनालाई कर्जा प्रवाह परियोजनाको रुपमा अघि बढाउने प्रधानमन्त्री केपी शर्मा ओली भनाईले पनि मुलुकका आर्थिक गतिविधिलाई अघि बढाउन महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष ढकालले कच्चा पदार्थ आयातमा अझै सहुलियतको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।


क्लिकमान्डु