सिंचाइको विद्युत महसुलको अनुदान कटौती भएको छैन:अर्थ मन्त्रालय

0
Shares

काठमाडौं । सरकारले सिंचाइ गर्न प्रयोग हुने बिजुली महसुलमा प्रदान हुँदै आएको अनुदान कटौती नभएको जनाएको छ ।

अर्थमन्त्री डा.स्वर्णीम वाग्लेको सचिवालयले सूचना जारी गर्दै सरकारले बजेट कार्यान्वयन मार्गदर्शन २०८३ जारि गरिसकेको अवस्थामा सिंचाइ प्रयोजनमा खपत हुने बिजुलीको महसुलमा प्रदान हुँदै आएको अनुदान कटौती नभएको प्रस्ट पारेको छ ।

अर्थ मन्त्रालयको पत्राचारपछि ‘सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक लागेका कारण किसान समस्यामा परेको गुनासो आएपछि सचिवालयले यस्तो जानकारी गराएको हो ।