डेपुटी गभर्नर शिवराज श्रेष्ठको प्रष्टिकरण अर्थले प्रधानमन्त्री कार्यालय पठायो, बर्खास्त कहिले ?
काठमाडौं। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले अर्थ मन्त्रालयमार्फत् मन्त्रिपरिषदमा बुझाएको ४८ पृष्ठ लामो प्रष्टिकरण प्रधानमन्त्री कार्यालय पुगेको छ । अर्थ मन्त्रालयले श्रेष्ठको प्रष्टिकरण प्रधानमन्त्री कार्यालय पठाएको हो ।
कहाँ चुके डेपुटी गभर्नर शिवराज श्रेष्ठ ? प्रधानमन्त्रीसँग नजिक छु भन्दा भन्दै यसरी फसे
सरकारले गत आइतबार श्रेष्ठलाई ५ दिनभित्र स्पष्टीकरण बुझाउन भनेको थियो । सरकारले भनेकै भोलिपल्ट श्रेष्ठले प्रष्टिकरण बुझाएका थिए ।
श्रेष्ठमाथि विभिन्न निकायमा ५ दर्जनभन्दा बढी उजुरीहरु परेपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको सिफारिसमा सरकारले गत कात्तिक तेस्रो साता छानविन कमिटि बनाएर छानविन गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको थियो ।
यस्तो छ डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न सरकारले काटेको पत्र (पत्रसहित)
राष्ट्र बैंकले ३ सदस्यीय कमिटि बनाएर श्रेष्ठमाथि छानविन गरेको थियो । छानविन कमिििट गठन गरेकै दिनदेखि श्रेष्ठ निलम्बनमा परिसकेका छन् ।
छानविन कमिटिले श्रेष्ठ दोषी रहेको निष्कर्श निकाल्दै कारबाहीका लागि सिफारिससहितको प्रतिवेदन मंसिर अन्तिमम बुझाएको थियो ।
बैंकका सीइओको बयानः डेपुटी गभर्नर शिवराज श्रेष्ठ तारे होटेलमा बसेको बिल तिर्थ्यौं, र अरु पनि…
श्रेष्ठले एकजना डेपुटी गभर्नरले मात्रै केही पनि गर्न नसक्ने र राष्ट्र बैंकमा कलेक्टिभ डिसिजन हुने भएकाले आफ्नो कुनै गल्ती नरहेको दाबी गर्दै ४८ पृष्ठ लामो प्रष्टिकरण बुझाएका छन् ।
श्रेष्ठको प्रष्टिकरण चित्त नबुझे सरकारले बर्खास्त गर्छ । संभवत आगामी साता सरकारले श्रेष्ठलाई बर्खास्त गर्नेछ । श्रेष्ठनिकट स्रोतका अनुसार सरकारले बर्खास्ती गरे उनी आफूमाथि अन्याय भएको भन्दै अदालत जाने तयारी गरिरहेका छन् ।