प्रधानमन्त्रीको अभिव्यक्तिले एसएसबी सुस्ता प्रवेश गरेको होइन: सरकारका प्रवक्ता

28
Shares

काठमाडौं । शिक्षा मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले सुस्तामा भारतीय सुरक्षा बल (एसएसबी) को गतिविधि प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिका कारण नभएको स्पष्ट पारेका छन् ।

मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले सुस्ताको समस्या दशकौँ पुरानो भएको उल्लेख गरे ।

प्रधानमन्त्रीको बयानले भारतीय सुरक्षा बलको मनोबल बढेको हो भन्ने प्रश्नको खण्डन गर्दै उनले भने, ‘यो समस्या आजको मात्र होइन, वर्षौँदेखि सुस्ताबासीले आफ्नो भूमि संरक्षण गर्दै आउनुभएको छ।’

उनले परराष्ट्र मन्त्रालयमार्फत भारतसँग कूटनीतिक संवाद भइरहेको र दुवै देश वार्तामार्फत समस्या समाधान गर्न सहमत रहेको जानकारी दिए।