
काठमाडौं । नेकपा (एमाले) निकट युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध साइबर ब्युरोमा उजुरी दिने तयारी गरेको छ ।
संघले मेयर बालेनले केही दिनअघि सामाजिक सञ्जालमा लेखेको स्टाटसमा प्रयोग गरिएको अश्लील र आपत्तिजनक शब्द समाजमा घृणा फैलाउने र मित्रराष्ट्रहरूलाई अपमानित गर्ने खालको भएको आरोप लगाएको छ ।
संघका उपाध्यक्ष महाराज गुरुङले आज दिउँसो २ बजे भोटाहिटीस्थित साइबर ब्युरोको कार्यालयमा पुगेर उजुरी दर्ता गरिने जनाए । उनका अनुसार बालेनले स्टाटसमार्फत विभिन्न शक्ति राष्ट्र र दलहरूको मानमर्दन गरेको र यसले नकारात्मक प्रभाव पारेको भन्दै कानुनी कारबाहीको माग गरिएको हो ।
बालेनले दुई दिनअघि मध्यरातमा सामाजिक सञ्जालमा गालीगलौजपूर्ण स्टाटस लेखेका थिए । चर्को आलोचनापछि उनले सो स्टाटस केहीबेरमै हटाए पनि त्यसको स्क्रिनसट सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो ।







प्रतिक्रिया