
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले उनलाई काठमाडौं महानगरपालिका–७ सिफलबाट बिहीबार पक्राउ गरेको हो ।
उनलाई बिमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा दिपक भट्टसँग जोडिएको मुद्दामा पक्राउ गरेको सीआईबीले जानकारी दिएको छ ।
जेठ २८ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्दा उनी फरार थिए । फरार नै कायम गरी मुद्दा दायर गरिएको थियो । सो क्रममा बिहीबार भने उनलाई पक्राउ गरिएको हो ।





प्रतिक्रिया