
काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद विघटनको बिरोध गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कार्यालको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो ।
संवैधानिक व्यवस्था विपरित संसद विघटन गर्ने निर्णय लिएको भन्दै गम्भीर असहमतिको निर्णय गरेको उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्नि सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनरत जेनजीको संसद विघटन र सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने मागमा सहमति जनाएका थिए । प्रधानमन्त्री कार्कीले सपथ लिइसकेकी छन् ।








प्रतिक्रिया