
काठमाडौं । जेनजी आन्दोलनको मागअनुसार अन्तरिम सरकार गठनका लागि वार्ता जारी भए पनि सहमति नआए संकटकाल लगाउने तयारी भइरहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारीको अधिकांश मागसँग सहमति जनाइसकेका छन् । उनको प्रस्तावअनुसार संविधानको धारा ६१(४) प्रयोग गरी सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने र नयाँ मन्त्रिपरिषद्को सिफारिसमा निर्वाचन घोषणा गर्ने उनको तयारी छ । निर्वाचन घोषणासँगै संसद् स्वतः विघटन हुने राष्ट्रपतिको धारणा छ ।
तर, आन्दोलनकारीहरू संसद् विघटन भएपछि मात्र प्रधानमन्त्री नियुक्त गर्नुपर्ने अडानमा छन् । जेन–जी अगुवा सुदन गुरुङले राष्ट्रपतिसँग प्रत्यक्ष संवाद नभएको भन्दै संसद् विघटनको माग दोहोर्याएका छन् । कार्कीले पनि त्यही अडान लिएकी छिन् ।
यसबीच सेनाले लामो समय सरकारविहीन अवस्थाले शान्ति सुरक्षामा जोखिम बढाउने भन्दै संकटकाल लगाउनुपर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष पेस गरेको शीतल निवास स्रोतले जनाएको छ ।










प्रतिक्रिया