
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अबदेखि गृह मन्त्रालयको नयाँ भवनबाट काम सुरु गर्ने भएको छ ।
सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालय रहेको भवन जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएपछि वैकल्पिक रूपमा गृहको नयाँ भवनमा कार्यालय तयार गरिएको हो ।
मुख्यसचिव एकनारायण अर्यालका अनुसार मर्मतसम्भार सम्पन्न नभएसम्म प्रधानमन्त्री कार्यालयले नियमित कार्य यही भवनबाट सञ्चालन गर्नेछ । यसका लागि आवश्यक तयारी पूरा भइरहेको छ ।
५६ करोड ४३ लाख ६३ हजार रुपैयाँ लागतमा गृह मन्त्रालयको नयाँ भवन तयार भएको हो ।
अन्तरिम सरकारका प्रमुखले यही कार्यालबाट काम गर्ने छन् ।













प्रतिक्रिया