जेनजी आन्दोलन: मृत्यु हुनेको संख्या ५१ पुग्यो

245
Shares

काठमाडौं । जेनजी आन्दोलन सुरु भएदेखि मृत्यु हुनेको संख्या ५१ पुगेको नेपाल प्रहरीले जनाएको छ । तीमध्ये २१ जना प्रदर्शनकारी र तीन जना प्रहरी रहेको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले जनाकारी दिए ।

अठार जनालाई अन्य श्रेणीमा राखिएको घिमिरेको भनाइ छ कोही जलेर, करेन्ट लागेर जस्ता विभिन्न कारणले ज्यान गुमाएको देखिएको उनको भनाइ छ । त्यसमा एकजना भारतीय महिला समेत रहेकी छन् ।

मृतकको संख्यामा ९ जना कैदीबन्दी पनि छन् । जेल वा सुधारगृहबाट भाग्न खोज्दा सुरक्षाकर्मीले गरेको कारबाहीमा परी बाँकेमा पाँच, रामेछाप र सिन्धुलीमा दुई-दुई जनाको मृत्यु भएको थियो ।