राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयबारे जानकारी दिने वेबसाइट बन्द

1.3k
Shares

काठमाडौं । राष्ट्रपतिको कार्यालयको वेबसाइट बन्द भएको छ ।

जेनजीले प्रदर्शन हिँसात्मक बन्दा देशको सर्वोच्च संस्था राष्ट्रपतिको कार्यालयमा समेत आगजनी गरिएको थियो ।

नेपाली सेनाका परमसेनाधिपतिसमेत रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सेनाले उद्धार गरि सुरक्षित स्थानमा सारे पनि कार्यालय भने जोगाउन सकेन ।

कार्यालय आगजनी भए पनि राष्ट्रपतिको गतिविधिबारे जानकारी दिने वैधानिक वेबसाइट बन्द हुने अवस्था भने हुँदैन । किनकी बेवसाइटको सरोबर र होस्टिङ शीतल निवासमा नहुने हुँदा आगलागीले बेवसाइट नै बन्न हुने अवस्था नहुनुपर्ने एक आइटी विज्ञ बताउँछन् ।

आर्काइभबाट निकालिएको राष्ट्रपतिको कार्यालयको वेबसाइट

नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीको वेबसाइट भने खुलिरहेका छन् ।

तर, प्रधानमन्त्री कार्यालय, सञ्चार, अर्थ लगायत मन्त्रालयको वेबसाइट बन्द भएका हुन् ।

Skip This