
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले जुन सुकै परिस्थितिका लागि पनि आफू तयार रहेको बताएका छन् ।
आज दिनभर प्रधानसेनापति अशोकराज सिग्देलसँग देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भएको भन्दै उनले आफूलाई नेतृत्वको मोह नभएको तर परस्थिति आए पछि नट्ने बताएका छन् ।
‘मलाई नेतृत्वको मोह छैन,’ उनले भनेका छन् ,’देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो।’
आफू पिठ्यू देखाएर भाग्ने स्वभावको व्यक्ति नभएको भन्दै उनले घुमाउरो रुपमा प्रधानमन्त्री बन्ने अवस्था आए पछि नहट्ने उल्लेख गरेका छन् । बालेन शाह र सुशिला कार्कीको नेतृत्व स्वीकार्न तयार रहेको भन्दै उनले भनेका छन्, ‘जेनजी पुस्ताको आवाजलाई सम्मान गर्दै म बालेनजी वा सुशिला कार्कीजी, जोसुकै तयार छन्, उनीहरूको नेतृत्व स्वीकार्न तयार छु । तर, कोही पनि अगाडि नबढ्दा पिठ्युँ देखाएर भाग्नु मेरो स्वभाव होइन। म जुनसुकै परिस्थितिको लागि पनि तयार छु।’
गम्भीरता, राष्ट्रिय एकता र रचनात्मक बाटोको खोज अहिलेको आवश्यकता भएको उनको भनाइ छ ।










प्रतिक्रिया