कैदी भाग्न खोजेपछि १६ राउण्ड हवाइ फायर, मोरङ कारागारको सुरक्षामा सेना

बाल सुधार गृहबाट भागे २ सय

0
Shares

विराटनगर । मोरङ कारागारका कैदीबन्दीले गेट तोडफोड गरेर बाहिर निस्कने प्रयास गरेपछि बुधबार नेपाली सेना कारागार सुरक्षामा खटिएको छ।

कैदीबन्दीले नाराबाजी गर्दै कारागारको मुख्य गेट तोडफोड गरी बाहिर निस्कने प्रयास गर्दा कारागार सुरक्षार्थ खटिएका प्रहरीलाई १६ राउण्ड हवाई फायर गर्नुपरेको थियो। सो क्रममा स्थिति नियन्त्रणमा लिन प्रयास गरिएको थियो। यो कारागारमा हजारभन्दा बढी कैदीबन्दी रहेका छन्।

यसैबीच विराटनगर–३ मा रहेको बाल सुधारगृहबाट बुधबार २ सय बालबिज्याइकर्ता फरार भएका छन्। उक्त गृहमा २५५ जना थिए ।

उनीहरूको खोजीका लागि सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित छन्। प्रहरीका अनुसार फरारमध्ये ६० जनालाई नियन्त्रणमा लिइसकिएको छ।

बाल बिज्याइकर्ताहरूले गृहको मुख्य गेटको चाबी फुटाई सुरक्षाकर्मीलाई लछारपछार गर्दै भागेको प्रहरीले जनाएको छ। बाल सुधारगृहको सुरक्षार्थ २० जना प्रहरी खटाइएको जनाइएको छ।