नक्कली भुटानी शरणार्थी मुद्दामा थुनामा रहेका टोपबहादुर ३ हजार कैदीसँगै जेलबाट भागे

28
Shares

फाइल तस्बिर

काठमाडौं । केन्द्रीय कारागार सुन्धाराबाट ३ हजारभन्दा बढी कैदी फरार भएका छन् ।

फरार हुनेमध्ये नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री टोबहादुर रायमाझी पनि रहेको जनाइएको छ ।

राति १० बजेतिर सुन्धारास्थित कारागारमा तोडफोड भएको थियो ।

भागेका मध्ये केही कैदीबन्दी भने कारागार फर्कन थालेका छन् ।

यसअघि काठमाडौंको डिल्लीबजार कारागारमा पनि कैदीहरूले भाग्ने प्रयास गरेका थिए । तर, सो क्रममा नेपाली सेनाले हस्तक्षेप गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।