९ घण्टामै हर्कले लेखे ३४ स्टाटस, नेतृत्त्व दिन गुहार्दै भने, ‘देश बचाउने हो भने मलाई समर्थन गर्नु’

112
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले फेसबुकमा दर्जनौं स्टाटस लेखेका छन् । हर्क सामपाङ द रिभोलुसन नामको फेसबुक पेजमार्फत् स्ट्याटसको आइरो लाग्न थालेको छ ।

जेनजी सहित युवाहरूको प्रर्दशनपछि मंगलबार सरकार ढलेपछि अब देशको नेतृत्त्व कस्ले सम्हाल्छ ? भन्ने प्रश्न छ । यसैबेला हर्क सामपाङले फेसबुकमा एकपछि अर्को पोस्ट हालेका हुन् । सामपाङले देशको नेतृत्त्व आफूले लिन चाहेको धारणा राखेका छन् ।

मंगलबार साँझ एक स्ट्याटसमार्फत् उनले युवाले साथ दिए आफूले नेतृत्त्व लिने बताएका थिए । ‘युवाले साथ दिए म नेतृत्त्व लिन तयार छु तर जबरजस्ती गर्दिनँ र बिन्ति बिसाउँदिन ! रुखो छु तर झुटो छैन म ! माटोलाई धोका दिन आउँदैन मलाई ! जय देश !’ उनले लेखेका छन् ।

बुधबार दिउँसोबाट २ बजेसम्म ३४ वटा स्ट्याटस लेखिसकेका छन् । ती सबै पोस्टमा एउटै एजेन्डा छ । सामपाङ दिनहुँ दर्जनौं स्ट्याटस हालिरहन्छन् । सामाजिक सञ्जालमा धेरै प्रतिक्रिया दिनाले धेरैले उनलाई मन पराउँदैनन् ।