
काठमाडौं । जेनजीका प्रतिनिधिहरू र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच मंगलबार मध्यराति छलफल भएको छ । करिब २० जना जेनजी प्रतिनिधिहरू उक्त छलफलमा सहभागी भएको जनाइएको छ ।
रक्षा बम, समय खड्का, पुरुषोत्तम यादव, तनुजा पाण्डे, अमीत खरेल, धीरज जोशी लगायत छलफलमा सहभागी भएका थिए ।
प्रधानसेनापति सिग्देलले विषम परिस्थितिमा राष्ट्रपतिसँग वार्ता गर्नुपर्ने देखिएकाले आफूले मध्यस्थतामूलक भूमिका खेल्ने बताएका थिए । जेनजी प्रतिनिधिहरू र राष्ट्रपति रामचन्द्र पौडेलबीच आज वार्ताको तयारी भइरहेको छ । वार्तामा विशेषगरी संसद विघटन र नयाँ सरकार गठनबारे छलफल हुने बुझिएको छ ।
नेपाली सेनाले जेन–जी समूहसँग वार्ताका लागि प्रतिनिधिको नाम बुधबार बिहान ८ बजेसम्म पठाउन आग्रह गरेको छ।








प्रतिक्रिया