
काठमाडौं । जेनजी पुस्ताले गरेको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु आदेश जारी गरेको छ ।
२३ गते अपरान्ह १२:३० बजेदेखि मिति २३ गते रातीको १० बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गरेको आदेशमा भनिएको छ ।
माइतीघरबाट र तीनकुनेबाट आएका प्रदर्शनकारीले संघीय संसद भवन नयाँ बानेश्वरमा प्रहरी घेरा तोडेका थिए भने केही संसद भवनभित्र समेत प्रवेश गरेका थिए । आन्दोलनकारीले संसद भवनको गेटसमेत भत्काएका छन् । स्थिति तनावग्रस्त भएपछि प्रहरीले अश्रुग्यास र लाठी चार्जसमेत गरेको थियो । अवस्था भड्किन थालेसँगै स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको हो ।
यी क्षेत्रमा कर्फ्युको आदेश लागू हुने छ ।
बानेश्वर क्षेत्र:-
बानेश्वर चोकदेखी पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म,
बानेश्वर चोकदेखी पूर्व मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म,
बानेश्वर चोकदेखी उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म,
बानेश्वर चोकदेखी दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म,








प्रतिक्रिया