संसद् भवनभित्र छिरे जेनजी, बानेश्वरको अवस्था तनावग्रस्त

406
Shares

काठमाडौं । प्रदर्शनमा उत्रिएका जेनजी संघीय संसद् भवनभित्र छिरेपछि बानेश्वरको अवस्था तनावग्रस्त बनेको छ ।

तीनकुने र माइतीघरतर्फबाट आएका प्रदर्शनकारी बानेश्वरमा भेला भएपछि प्रहरी बीचमा परेको थियो । केही प्रदर्शनकारी ब्यारिकेड तोडेर संसद् भवन परिसरभित्र छिरेका छन् ।

प्रहरीले संसद् भवनको दक्षिणी गेटतिर अश्रुग्यास प्रहार गरेको छ भने पानी फोहोरा र लठ्ठी चार्जसमेत गरेको छ ।