
काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध जेनजीको नेतृत्वमा भएको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।
नयाँबानेश्वरस्थित संसद भवनतर्फ अघि बढ्ने क्रममा निषेधाज्ञा उल्लंघन भएपछि प्रहरीले बल प्रयोग गरेको हो ।
माइतीघरबाट सुरु भएको प्रदर्शन प्रहरीले राखेको ब्यारिकेड तोड्दै नयाँबानेश्वरसम्म पुगेको थियो । त्यस्तै, तिनकुनेबाट आएको अर्को समूह समेत संसद भवनको मुख्य गेटसम्म पुगेको छ । माइतीघरबाट अघि बढेका प्रदर्शनकारीहरू पनि अन्ततः संसद भवन अगाडि जम्मा भएका छन् ।








प्रतिक्रिया