
काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध जेनजीको नेतृत्वमा सुरु भएको प्रदर्शन माइतीघरबाट अघि बढेर नयाँबानेश्वर पुगेको छ । नाराबाजी गर्दै अघि बढेका प्रदर्शनकारीलाई प्रहरीले नयाँबानेश्वरमा सडकमा ब्यारिकेड राखी रोकेको छ ।
प्रदर्शनकारीहरूले हातमा विभिन्न नारा अंकित प्लेकार्ड बोकेका छन् । सामाजिक सञ्जालमार्फत लामो समयदेखि भ्रष्टाचार र अव्यवस्थाप्रति आक्रोश व्यक्त गर्दै आएका युवाहरू सञ्जाल नै बन्द गरिएपछि सडकमा उत्रिएका हुन् । सडक ढाकेर गरिएको प्रदर्शनका कारण सवारी आवागमन समेत प्रभावित भएको छ ।
यस आन्दोलनलाई विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरूले समर्थन जनाएका छन् ।
जुलुस माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढ्ने क्रममा बबरमहलस्थित नेपाल टेलिकम कार्यालय अगाडि प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो च्यातेर विरोध प्रकट गरेका छन् । पोलमा राखिएको फोटो झारेर उनीहरूले च्यातेका थिए।














प्रतिक्रिया