
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी) को महाप्रबन्धक पद पूर्ति गर्न खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान गरेको छ ।
मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै योग्यता प्राप्त इच्छुक नेपाली नागरिकलाई आवेदन दिन आह्वान गरेको हो । सूचनाअनुसार, आवेदकले आजको मितिबाट २१ दिनभित्र अर्थात् भदौ २१ गतेसम्म आफ्नो दरखास्त पेश गर्नुपर्नेछ ।
आवेदन फारम मन्त्रालयको सिंहदरबारस्थित कर्मचारी प्रशासन शाखा (बोर्डरसंस्थान डेस्क) मा गोप्य सिलबन्दी गरी कार्यालय समयभित्र बुझाउनुपर्ने व्यवस्था गरिएको छ । यदि अन्तिम दिन सार्वजनिक बिदा परेमा भोलिपल्ट कार्यालय खुलेको दिनसम्म आवेदन दिन सकिनेछ ।
महाप्रबन्धक पदका लागि एक जनाको माग गरिएको छ । उम्मेदवारले प्रशासन, व्यवस्थापन वा लेखा विषयमा स्नातकोत्तर अध्ययन पूरा गरेको हुनुपर्नेछ । साथै उमेर ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।








प्रतिक्रिया