पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो, विराटनगरभन्दा काठमाडौंमा साढे २ रुपैयाँ महँगो

287
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरबदल गरेको छ।

शनिबार बिहान १ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल तथा डिजेल/मट्टीतेलको नयाँ मूल्य निर्धारण गरेको हो ।

निगमले पेट्रोल प्रतिलिटर २ रूपैयाँले बढाउदा डिजेल/मट्टीतेल प्रतिलिटर १ रूपैयाँले घटाइएको विज्ञप्तिमा उल्लेख छ । भारतीय आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त पछिल्लो खरिद मूल्यका आधारमा नयाँ उपभोक्ता मूल्य तय गरिएको निगमले जनाएको छ ।

देशका विभिन्न स्थानमा ढुवानी खर्चको अन्तर हुने भएकाले निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि क्षेत्रगत रूपमा तीन समूह बनाएको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी पर्छन् । यहाँ पेट्रोलको मूल्य प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा र डिजेल/मट्टीतेलको मूल्य १४६ रुपैयाँ ५० पैसा कायम भएको छ ।

दोस्रो वर्गमा सुर्खेत र दाङ समेटिएका छन् । यी क्षेत्रमा पेट्रोल १६० रुपैयाँ र डिजेल/मट्टीतेल १४८ रुपैयाँ प्रतिलिटर पर्नेछ।

तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल रहेका छन् । यहाँ पेट्रोल प्रतिलिटर १६१ रुपैयाँ र डिजेल/मट्टीतेल १४९ रुपैयाँ तिरिर्नु पर्नेछ ।