बस्तीमा डोजर चलेपछि मनोहराका सुकुम्बासीले गरे प्रहरीमाथि ढुंगामुढा, स्थिति तनावग्रस्त (तस्बिरहरू)

133
Shares

काठमाडौं । मनोहरा किनारस्थित सुकुम्बासी बस्तीमा काठमाडौं महानगरले डोजर चलाएपछि स्थानीय र प्रहरीबीच झडप भएको छ ।

काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोलीले व्यक्तिको जग्गामा निर्माण गरिएको नयाँ टहरा तथा घर हटाउन डोजर प्रयोग गरेपछि स्थानीय सुकुम्बासी आक्रोशित बनेका हुन् ।

टहरा हटाउन महानगरले नेपाल प्रहरीको पनि सहयोग लिएको थियो । वर्षाको समयमा टहराबाट हटाएको भन्दै आक्रोशित भीडले नगर प्रहरी र नेपाल प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए।

गत साउन ८ गते गोरखापत्रमा सूचना प्रकाशित गर्दै महानगरले व्यक्तिको जग्गामा बनेका संरचना हटाउन ७ दिनको समय सीमा दिएको थियो । तर, तोकिएको समयभित्र संरचना नहटाएपछि महानगरले डोजर चलाइएको हो।