नागढुंगा सुरुङमार्ग हुँदै गुड्ने सवारी साधनले शुल्क तिर्नुपर्ने, कुनलाई कति ?

काठमाडौं भित्रँदा र बाहिरिँदा फरक फरक शुल्क

1.8k
Shares

काठमाडौं । सरकारले नागढुंगा सुरुङमार्गमार्फत यात्रा गर्ने सवारी साधनको हकमा (टोलगेट) शुल्क तोकेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शुल्क निर्धारणको निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार जानकारी दिए ।

जसअनुसार नागढुंगा सुरुङमार्ग प्रयोग गरी काठमाडौं भित्रने कार, भ्यानले ६५ रुपैयाँ र काठमाडौंबाट फर्कदा ६० रुपैयाँ तिर्नुपर्ने छ ।

यस्तै नागढुङगा सुरुङमार्ग प्रयोग गरी काठमाडौं आउने मिनी बस र ट्रकले ११५ र फर्कदा ८० रुपैयाँ, काठमाडौं आउने ठूला बस र ट्रकले २६० र फर्कदा २०० रुपैयाँ तिर्नु पर्ने छ ।

त्यस्तै नागढुंगा सुरुङमार्ग प्रयोग गरी काठमाडौं आउने भारी उपकरणले ६०० र फर्कदा २५० रुपैयाँ तिर्नु पर्ने सरकारले निर्णय गरेको छ ।