यस्तो छ ८१ करोडमा बनेको आयल निगम भव्य कर्पोरेट भवन (भिडियो)

0
Shares

काठमाडौं । बबरमहलस्थित सिंहदरबार दक्षिण गेटसँगै नेपाल आयल निगमको अत्याधुनिक र सुविधासम्पन्न कर्पोरेट भवन निर्माण भएको छ।

२०७२ वैशाखमा आएको भूकम्पले कार्यालय भवन चर्किएपछि निगमले पुरानो भवन भत्काएर सोही स्थानमा नयाँ भवन बनाएको हो ।

निगमका उपनिर्देशक तथा कर्पोरेट भवन निर्माण परियोजना प्रमुख रामकृष्ण बञ्जाराका अनुसार २०७८ मंसिर १९ बाट यसको निर्माण सुरु भएको थियो ।

३० महिनाको समय रहेकोमा केही समय थप गरेर सम्पूर्ण काम सकिएको उनले बताए ।

उनका अनुसार नयाँ भवनमा विभिन्न विभागहरु सरिसकेका छन् । केसी समानान्तर रेलिगेयर जेभीले भवन बनाएको हो । लिड पार्टनर भने समानान्तर निर्माण सेवा रहेको छ ।

भवन निर्माणको लागत भ्याट र पीएसबाहेक ८१ करोड रहेको छ ।

तस्बिर/भिडियो: नेपाल फोटो लाइब्रेरी