सानिमा बैंकका कर्मचारीले पाए २ महिनाको तलब बराबर ‘अग्रिम बोनस’

903
Shares

काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना कर्मचारीलाई दुई महिनाको तलब बराबर ‘क्लोजिङ बोनस’ दिएको छ । बैंकले साउन १ गते नै दुई महिनाको आधारभूत तलब बराबरको रकम आफ्नो खातामा जम्मा गरिदिएको एक कर्मचारीले जानकारी दिए ।

बैंकहरुले आर्थिक वर्ष सकिएले क्लोजिङ भएसँगै कर्मचारीलाई उक्त आर्थिक वर्षको अनुमानित नाफाको आधारमा पाउने बोनको करिब आधा हिस्सा अग्रिम बोनसको रुपमा कर्मचारीलाई दिदै आएका छन् ।

अहिले २ महिनाको बोनस पठाएको बैंकले बाह्य लेखापरिक्षणपछि साधारणसभा गर्ने बेलामा थप बोनस दिन्छ । सानिमा बैंकको करि ५ महिनाको तरलब बराबरको बोानस दिने अवस्था रहेपनि अहिलेको लागि २ महिनाको तलब बराबरको बोनस पठाएको हो ।

राम्रो संस्थागत सुशासन र रिकभरीमा पनि राम्रो हुँदा बैंकको कर्मचारीहरुले विगतका वर्षमा पनि राम्रो बोनस पाउँदै आएका छन् । बैंकमा कर्मचारी संख्या पनि स्ट्यान्डर्ड चार्टर्ड पछिको न्युन करिब १३ सय मात्रै रहेका छन् । जसले पनि बैंकका कर्मचारीले राम्रो बोनस पाउँदै आएका छन् ।

बोनस ऐन २०३० को व्यवस्था अनुसार बैंकहरुले आर्थिक वर्षमा आर्जन गरेको नाफाको १० प्रतिशत कर्मचारी बोनसको लागि छुट्याउनुपर्ने हुन्छ ।

केही बैंकहरुले क्लोजिङ बोनस भन्दै आंशिकरुपमा धमाधम कर्मचारीको खातामा बोनस पठाएका छन् । केही बैंकले भने साधारणसभामा मात्रै एकमुष्ट बोनस दिने भएका छन् ।

‘मुनाफा गर्ने प्रत्येक प्रतिष्ठानले एक आर्थिक वर्षमा गरेको खुद मुनाफाको १० प्रतिशत बराबरको रकम कर्मचारीहरूलाई बोनस बापत छुट्याउनु पर्छ,’ बोनस ऐनको दफा ५ को उपदफा (१) मा भनिएको छ । सोही व्यवस्थाका आधारमा बैंकहरुले हरेक वर्ष आर्जन गरेको नाफाको आधारमा कर्मचरीलाई बोनस वितरण गर्दै आएका छन् ।

Skip This