प्रभु बैंकका कर्मचारीले पाए डेढ महिनाको तलब बराबरको ‘क्लोजिङ बोनस’

1.3k
Shares

काठमाडौं । सबैभन्दा बढी कर्मचारी भएको प्रभु बैंकले आफ्ना कर्मचारीलाई गत आर्थिक वर्षको नाफाबाट डेढ महिनाको तलब बराबर बोनस खातामा पठाएको छ । आफ्नो खातामा डेढ महिनाको आधारभूत तलब बराबरको रकम क्लोजिङ बोनस जम्मा भएको एक कर्मचारीले बताए ।

अहिले डेढ महिनाको बोनस पठाएको बैंकले बाह्य लेखापरिक्षणपछि साधारणसभा गर्ने बेलामा थप बोनस दिनेछ । बैंकमा ४४ सरको हाराहारीमा कर्मचारीहरु कार्यरत छन् ।

बोनस ऐन २०३० को व्यवस्था अनुसार बैंकहरुले आर्थिक वर्षमा आर्जन गरेको नाफाको १० प्रतिशत कर्मचारी बोनसको लागि छुट्याउनुपर्ने हुन्छ ।  

केही बैंकहरुले क्लोजिङ बोनस भन्दै आंशिकरुपमा धमाधम कर्मचारीको खातामा बोनस पठाइरहेका छन् केहीले भने साधारणसभामा मात्रै एकमुष्ट बोनस दिने भएका छन् ।  

‘मुनाफा गर्ने प्रत्येक प्रतिष्ठानले एक आर्थिक वर्षमा गरेको खुद मुनाफाको १० प्रतिशत बराबरको रकम कर्मचारीहरूलाई बोनस बापत छुट्याउनु पर्छ,’ बोनस ऐनको दफा ५ को उपदफा (१) मा भनिएको छ । सोही व्यवस्थाका आधारमा बैंकहरुले हरेक वर्ष आर्जन गरेको नाफाको आधारमा कर्मचरीलाई बोनस वितरण गर्दै आएका छन् ।  

विगत केही वर्षदेखि सेयरधनीलाई लाभांश बाँड्न नसकेको बैंकले यस वर्ष केही लाभांश पनि बाँड्ने जनाएको छ ।