
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले सरकारले गभर्नर नियुक्तिमा लामो समय खर्च गरेको उल्लेख गरेकी छन् ।
बुधबार प्रतिनिधि सभाको बैठममा सांसद डाँगीले वर्षा लाग्दै गर्दा काठमाडौं भित्रने र बाहिरिने सडक सञ्जालका कारण यात्रुले दुख पाइरहे पनि सरकारको ध्यान त्यता जना नसकेर नियुक्तिमा अल्झिएको आरोप लगाइन् ।
सरकारले गभर्नर नियुक्तिमा समय खेर फालेको उनको भनाइ छ ।
‘मेरिटोक्रेसीका आधारमा पनि गभर्नर नियुक्ति गर्न सकिन्छ । सरकारको समय यस्तो हावादारी काममा खर्च नगर्न म सुझाव दिन्छु,’ उनले भनिन्,’ वर्षायाम सुरु भएको छ । राजधानी जोड्ने प्रमुख सडक असुरक्षित छन् लाखौं नागरिक जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । सरकारले यता समय खर्च गरोस् ।’
सरकार १०/११ महिनादेखि कहिले कार्यकारी निर्देशक त कहिले गभर्नरका विषयमा अल्झिएको उनको भनाइ छ ।
‘जनताले काम खोजेका छन्,’ डाँगीले भनिन्, ‘भागवण्डा गरेर कसलाई कुन पद दिने भन्ने खोजेका छैनन् ।’







प्रतिक्रिया